News

'गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुन्छ ।' - शान्ति तथा पुनःनिर्माणमन्त्री यादव

'गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुन्छ ।' - शान्ति तथा पुनःनिर्माणमन्त्री यादव
असाेज - ०२ । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले १७ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने भएकाले राजनीतिक दल मिल्नुको विकल्प नभएको बताएकी छिन् । sitadevi-yadav विकेन्द्रीकरण सहयोग समाज नेपालले अाइतबार आयोजना गरेको ‘सङ्घीयतामा स्थानीय तहको पुनःसंरचना’ विषयको कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्नेमा जोड दिएकी हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुने बताउँदै आयोगले दिएको सङ्ख्या परिवर्तन हुने बताएकी छिन् । समाजका महासचिव एवम् सांसद रामचन्द्र पोखरेलले व्यापक छलफल गरेर स्थानीय संरचना विभाजन गर्नुपर्ने बताइन् । सांसद लक्ष्मी राईले स्थानीय निकाय बलियो भए मात्र देश बलियो हुने भएकाले स्थानीय निकायलाई बलियो बनाउनुपर्नेमा जाेड दिइन् । समाजले स्थानीय तहमा काम गरी मन्त्रीमा नियुक्त भएकाेमा शान्तिमन्त्री यादव, उद्योगमन्त्री नवीन्द्रराज जोशी र संस्कृतिमन्त्री शाहीलाई सम्मान पनि गर्‍यो ।

shanti punanirman mantri sitadevi yadav

विशेष