अलैँची उत्पादनमा किसानकाे आकर्षण बढ्दाे

असाेज - ०२ । अलैँची उत्पादनमा रसुवाका किसान आकर्षित हुन थालेका छन् ।
वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंका अनुसार भोर्ले, धैवुङ र लहरेपौवाको ओसिलो ठाउँमा कृषि कार्यालयमार्फत गत वर्षदेखि अलैँची खेतीे सुरुवात गरेपछि जिल्लाका सयौँ किसान यसप्रति आकर्षित भएका हुन् ।
किसानको माग र अलैँचीको उत्पादनमा सन्तुलन ल्याउन यहाँ कार्यरत आरटिज नामक गैरसरकारी संस्थाले यस वर्ष ठूलोगाउँ, डाँडागाउँ, हाकु र गतलाङका कृषक समूहलाई १६ हजार अलैँचीका बिरुवा वितरण गरिसकेको कृषि कार्यालयले जनाएको छ । अलैँचीको दाना प्रतिकिलो एक हजार बजार मुल्य रहेकाे छ ।
कृषि कार्यालयको समन्वयमा आरटिज संस्थाले थुमन, चिलिमे, गोल्जुङ, गतलाङ, ठूलोगाउँ र डाँडागाउँ गाविसका किसानमाझ ६४ केजी चिराइदोको बीउसमेत वितरण गरेको जनाएको छ ।
alaichi
kisan akarsit
Rasuwa
