News

१९१ विद्यार्थीलाई सहयोग, दत्तचित्त भएर पढाइमा लाग्न पूर्व मुख्यसचिव पौडेलकाे आग्रह

१९१ विद्यार्थीलाई सहयोग, दत्तचित्त भएर पढाइमा लाग्न पूर्व मुख्यसचिव पौडेलकाे आग्रह
  असाेज - ०२ । पुडासैनी मैत्री समाजले कागेश्वरी मनहरा नगरपालिकास्थित बाल राष्ट्रिय निम्नमाविमा अध्ययनरत १९१ विद्यार्थीलाई सहयोग गरेको छ । Lila Mani उनीहरुलाई किताब बोक्ने झोला, स्वेटर, जुत्ता र मोजा वितरण गरिनाका साथै विद्यालय भवनको बाहिरी र भित्री भागमा रङरोङ्गन समेत गरी एक माइक उपलब्ध गराइयो । करिब ५५ वर्ष अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रभित्र स्थापित सो विद्यालय अहिले विमानस्थलको पूर्वी सिमानामा छ । स्थानीय बासिन्दाले दुःखले सिर्जना गरेको विद्यालयको पूर्वाधार तथा संरचनाको आवश्यक विकास हुन सकेको छैन । अधिकांश किसान, मजदुरलगायत विपन्न वर्गका केटाकेटी अध्ययन गर्दै आइरहेका छन् । सो अवसरमा पूर्व मुख्यसचिव लीलामणि पौडेलले आफ्नो प्रारम्भिक शिक्षा काठको सिलोटमा ढुङ्गाले लेखेर प्रारम्भ भएको स्मरण गर्दै विद्यार्थीलाई थोरै पनि हीनताबोध नराखी पढाइमा दत्तचित्त भएर लाग्न आग्रह गरेका छन् । पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले त्यहाँका विद्यालयको संरचनामा समस्या तथा विद्यार्थीले दुःख पाइरहेकाले विभिन्न स्रोत जुटाएर सहयोग उपलब्ध गराइएको जानकारी दिए ।

bidhyalayalai sahayog Lila Mani Poudel

विशेष