लुम्बिनी अञ्चल आयुर्वेद औषधालयमा औषधिकाे अभाव, बिरामी मर्का

असाेज - ०२ । यस क्षेत्रको सबैभन्दा पुरानो लुम्बिनी अञ्चल आयुर्वेद औषधालयमा पर्याप्त औषधि नहुँदा बिरामी मर्कामा परेका छन् ।
आयुर्वेद औषधालयमा आउने बिरामीले सेवा र औषधि निःशुल्क पाउने हुँदा अभाव भएको औषधालय प्रशासनले जनाएको छ । पेट, बाथरोग र महिलाका रोग भएका बिरामीको चापका कारण पर्याप्त औषधि नहुँदा औषधालयमा औषधिको अभाव भएको हो ।
पछिल्लो समय बिरामीको चाप बढ्दै जानु तर औषधि पर्याप्त नहुनाले अस्पतालको सेवामा प्रभाव परेको लुम्बिनी अञ्चल आयुर्वेद औषधालयका आयुर्वेद निरीक्षक चेतनाथ आचार्यले बताएका हुन् ।
बेलाबखतमा स्तरवृद्धिको कुरा उठे पनि अहिले औषधालयमा आउने बिरामीलाई सेवासमेत पर्याप्त दिन नसकिएको उनको भनाइ छ । अन्यत्र औषधि उपचार गरी थकित भएका बिरामी औषधालयमा आउने गरेको र परीक्षणका क्रममा केही जाँच गर्नुपर्ने भएमा बाहिर पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
ayurbed ausadhalaya
Lumbini
