मोर्चाले सहिद घोषणा गर्न छुटेकाको नाम गृहमन्त्री निधिलाई बुझायो
असोज ०२ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सहिद घोषणा गर्न छुटेका भनिएका १६ आन्दोलनकारीको नाम गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ ।
मोर्चाका पूर्वशर्त कार्यान्व्यनका लागि सिफारिस गर्न गठित समन्वय समितिका तर्फबाट आइतबार सिंहदरबारमा निधिलाई भेटेर नेताहरुले गत वर्षको आन्दोलनमा मारिएकामध्ये सरकारबाट सहिद घोषणा हुन छुटेका नाम बुझाएका हुन् । यसअघि मोर्चाले ६८ नागरिक, सुरक्षाकर्मीको नाम बुझाए पनि सरकारले ५२ लाई मात्रे सहिद घोषणा गरेपछि मधेसवादी दल असन्तुष्ट थिए ।
मोर्चाले आन्दोलनका क्रममा ३२ जना गम्भीर अशक्त भइसकेकाले जीवन पर्यन्त भरणपोषण होओस् भनी सरकारलाई नाम, ठेगाना समेत बुझाएको छ । त्यस्तै मधेस थरुहट आन्दोलनमा हिंसाको अभियोग खेपेकामध्ये सात जनाको मुद्दा फिर्ता लिन नामावली सहित मोर्चाले मागपत्र बुझाएको छ ।
आन्दोलनका घाइतेको उपचार खर्चका लागि हरेक घाइतेको नाम, उपचारको बिल र फाइल समेत गृहलाई बुझाएको छ ।
bimlendra nidhi
madhesi morcha