यातायातकाे भाडादर निर्धारण

असाेज - ०२ । जिल्ला यातायात व्यवस्थापन तदर्थ समितिले जिल्लाका पक्की तथा कच्ची सडकका भाडादर निर्धारण गरेको छ ।
कच्ची सडकमा यातायात सञ्चालन गर्न इच्छुक व्यवसायीलाई प्रचलित ऐन कानुनअनुसार अस्थायी अनुमतिप त्र दिने र समितिले तोकेअनुसार भाडा मात्रै लिन पाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले यही असोज ७ गतेभित्र कच्ची सवारी साधन सञ्चालन गर्ने व्यवसायीलाई सबारी अनुमतिपत्र लिन पनि आग्रह गरेको छ ।
बैठकले कच्ची सडकका लागि प्रतिकिलोमिटर रु. ७ः५०।– र पक्की सडककका लागि भने प्रतिकिलोमिटर रु तीन भाडा दर निर्धारण गरेको समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी चौधरीले जानकारी दिए ।
जिल्ला यातायात व्यवस्थापन तदर्थ समितिले गरेको निर्णय तत्काल लागू हुने बताइएको छ । यसका साथै असोज ७ गतेपछि अनिवार्य रुपमा यात्रुलाई यात्रा स्थान तथा टिकट रकम उल्लेख गरिएको टिकट दिनुपर्ने र प्रत्येक सबारी साधनमा भाडादर सूची टाँस्न लगाउने निर्णय समेत भएको छ ।
bhada nirdharan
Bus
