पहिराेले धादिङमा पैदलमार्ग अवरुद्ध

असाेज - ०२ । उत्तरी धादिङका पाँच गाविसका लागि जाने एक मात्र पैदलमार्ग दुई दिनदेखिको लगातारको वर्षाले अवरुद्ध भएको छ ।
जिल्लाको उत्तरी सडकले नछोएका गाविस झर्लाङ, लापा, रि, तिप्लिङ र सेर्तुङ जोड्ने बाटो पहिरो झेर बन्द भएको हो । दार्खा गाविस वडा नं १ मौवा भिरमा पहिरो गएर मानिस आवतजावत गर्न नसकेको स्थानीयवासी शिक्षक नवराज गिरीले जानकारी दिए ।
वर्षा लागेपछि सानो पहिरो गएर हिँड्नमा कठिनाइ आएको सो बाटामा दुई दिनदेखिको अविरल वर्षाले अर्को पहिरो आएपछि सो क्षेत्रमा आवतजावत बन्द भएको हो ।
पाँच गाविसका अनुदान सम्झौताको रकम लिन सदरमुकाम आएकाहरु दार्खामै पहिरो रोकिने समय कुरेर बसेका छन् । गाउँबाट सदरमुकाम हिँडेकाहरु समेत बाटामै रोकिएको गिरीको भनाइ छ । धादिङबेंसी– तिप्लिङ सडक अन्तर्गत सो स्थानमा केही समयअघि डोजर लगाएर बाटो खनिएकामा पहिरो गएको थियो ।
bato abarudda
Dhading
paidal yatri alapatra
