विदेश

अमेरिकी राष्ट्रपति ओबामाद्वारा संविधान दिवसकाे शुभकामना व्यक्त

अमेरिकी राष्ट्रपति ओबामाद्वारा संविधान दिवसकाे शुभकामना व्यक्त
असोज ०२ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवस अवसरमा बधाई तथा शुभकामना प्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउँदै ओबामाले एक वर्षअघि भूकम्पमा ज्यान गुमाएका परिवारजनको दुःख अमेरिकी जनताले अझै अनुभूत गरिरहेको उल्लेख गरेका छन् । barak-obama ’तपाईँको देशमा विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको छ र त्यस विपद्मा आफ्ना प्रियजन गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका छन् । त्यस शोकका बीच पनि नेपालको भविष्यका लागि ठूलो आशा रहेको छ’, ओबामाको सन्देशमा उल्लेख छ । दुःखद घटनालाई उज्ज्वल भविष्यको कामनाको बीचमा आउन नदिने यात्रामा आफू सारा नेपालीको साथमा रहेको उनले उल्लेख गरेका छन् । ’आफ्ना घर र जीवनहरू पुनर्निर्माण गरेका नेपालीहरूको बलको संयुक्त राज्य अमेरिकाले सधैँ प्रशंसा गरिरहनेछ र यस प्रयत्नमा तपाईँहरूलाई सहयोग गर्नका लागि हामी आफूले सक्ने सबथोक गरिरहने नै छौँ’, उनले भनेका छन्। संविधान दिवसको विशेष अवसरमा ओबामाले सम्पूर्ण नेपालीलाई बधाइ ज्ञापन गरेका छन् ।

Barak Obama Congratulations Gretting Nepal constitution

विशेष