प्रधानमन्त्री ४ दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता
असोज – २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको चार दिने राजकीय भ्रमणमा सकेर स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भारतीय घरेलु उद्योग राज्यमन्त्री गिरीराज सिंहले इन्धिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आएर बिदा गरेका थिए । उनी भारतमा ‘गार्ड अफ अनर’बाट सम्मानित पनि भएका थिए ।
आइतबार दिउँसो २ बजे दिल्लीबाट नेपाल एयरलाइन्सको विमानमा उडेका प्रधानमन्त्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँ आइपुगेका छन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरे । भारतीय प्रधानमन्त्री मोदीसँग एकल र उच्च प्रतिनिधिसँग संयुक्त रुपमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका थिए ।
२५ बुँदामा समेटिएको संयुक्त वक्तव्यमा नेपाल र भारतका सन्धि सम्झौता र विकास निर्माणका विषयमा भएका सम्झौता कार्यान्वयनका विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।
pm pushpa kamal dahal prachanda
swodesh firta