डा. गोविन्द केसी सोमबारदेखि अनशन बस्ने

असोज – २ । सरकारले अाफ्ना माग पूरा नगरेकाले डा. गोविन्द केसीद्वारा साेमाबारबाट अनशन बस्ने चेतावनी दिएका छन् ।
आठ पटक अनशन बसिसकेका प्राध्यापक डा. केसीले पछिल्लो समय आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न असोज २ गतेसम्मको अल्टिमेटम दिएको तर कार्यान्वयन हुने अवस्था नभएकाले सोमबारदेखि फेरि अनसन बस्ने बताएका हुन् ।
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको तेस्रो अधिवेशनमा शुभकामना दिन आएका उनले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रको विकृति हटाउने अभियान अझै जारी रहेको बताए । ‘विकृतिविरुद्ध हामी फेरि लड्छौँ, अभियान अझै टुंगिएको छैन,’ उनले भने, ‘हाम्रो अभियानमा हिजो पनि सहयोग गर्नुभएको थियो, फेरि पनि तपाईंहरुको समर्थनको जरुरी छ ।’
सरकारले ४ बुँदे सहमति गरेपछि केसीले अनशन तोडेका थिए ।
ansan basne
Gobinda Kc
