विदेश

काश्मिर घटनाका दाेषीलाई कडा कारवाही गर्ने प्रधानमन्त्री मोदीकाे अठोट

काश्मिर घटनाका दाेषीलाई कडा कारवाही गर्ने प्रधानमन्त्री मोदीकाे अठोट
असाेज - ०२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अधिनस्थ कश्मिरमा सरकारी सेनामाथी भएको आक्रमणको कडा शव्दमा निन्दा गरेका छन् । Narendra-Modi भारत अधिनस्थ काश्मिरको उरीमा रहेको सैनिक प्रधान कार्यालयमा १७ जना भारतीय सेनाको ज्यान जानेगरी भएको आक्रमणलाई प्रधानमन्त्री मोदीले अमानवीय र क्रुर घटनाको संज्ञा दिएका छन् । “क्रुर आतङ्ककारीहरुद्वारा काश्मिरमा गरेको घृणित घटनाको हामी कडा शव्दमा निन्दा गर्दछौं र घटनाका दोषीलाई कुनैपनि हालतमा कडा कारवाही गरी छाड्ने अठोट पनि व्यक्त गर्दछु ।” मोदीको ट्विटरमा लेखेकाे बताइएको छ । भारत अधिनस्थ काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतङ्ककारीद्वारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् । यस आक्रमणको क्रममा सेनाले गरेको जावाफी कारबाहीमा चार आतङ्ककारीको पनि मृत्यु भएको छ । भारत अधिनस्थ काश्मिरको प्रमुख सहर श्रीनगरबाट एक सय किलोमिटर पश्चिममा यस उरी क्षेत्र पर्दछ । रासस÷एएफपी

kabul issue karbahi Narendra modi

विशेष