बेल्जियममा बालकलाई पनि स्वेच्छिक मृत्युको स्विकृति
असोज – २ । बेल्जियमको संसदले प्राणघाटक रोगले ग्रसित मानिसले स्वेच्छाले मृत्यु रोज्न पाउने कानुनमा रहेको उमेर हदको बन्देज हटाएपछि पहिलोपल्ट एक बालकलाई स्वेच्छाले मृत्यु रोज्न दिइएको छ । स्वेच्छिक मृत्युवरण गर्ने बालकको पूरा विवरण भने खुलाइएको छैन ।
ती बालक प्राणघाटक रोगले ग्रसित रहेको र उनले मृत्युवरण गर्न चाहेको उनको उपचार गरिरहेका चिकित्सकले बताएपछि संघीय आयोगले स्विकृति दिएको थियो ।
जुनसुकै उमेरका मानिसले पनि स्वेच्छिक मृत्युवरण रोज्न पाउने बेल्जियम विश्वको एक मात्र मुलुक हो । तर, यसका लागि मानिसलाई लागेको रोगको अन्तिम अवस्था हुनपर्ने कानुनी व्यवस्था छ । त्यस्तै १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले स्वेच्छिक मृत्युवरण गर्न चाँहेमा अविभावकको सहमति चाहिन्छ ।
belgiam
Death
freedom