News

विद्यालयलाई १२ लाख आर्थिक सहयोग

विद्यालयलाई १२ लाख आर्थिक सहयोग
  असाेज - ०२ । नेपाल तामाङ घेदुङले भूकम्प प्रभावित जिल्लाका विभिन्न नौ विद्यालयलाई रु १२ लाख ६० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । school तामाङ सोसाइटी अफ अमेरिकाको सहयोगमा विद्यालय मर्मतका लागि प्रत्येक विद्यालयलाई रु एक लाख ४० हजार प्रदान गरिएको हो । रकम पाउनेमा विद्यालयमा रामेछापको काबुलिङ उमावि र खाँडादेवी उमावि, दोलखाको श्री बुद्ध प्रावि, सिन्धुपाल्चोकको हरिसिद्धी उमावि, जनता उमावि र जनजागृति उमावि, नुवाकोट कामरुदेवी उमावि र गणेश बाल विकास केन्द्र तथा काभ्रेको ज्वालादेवी निमावि छन् । अाइतबार आयोजित कार्यक्रममा घेदुङका अध्यक्ष मोहन गौलेले सम्बन्धित विद्यालयका प्रतिनिधिलाई सो रकम प्रदान गर्दै गत वर्ष आएको भूकम्पका कारण प्रभावित क्षेत्रका विद्यालय संरचनामा क्षति पुगेपछि विद्यार्थीको पठनपाठनमा समस्या आएको बताएका छन् । खाँडादेवी उमाविका अध्यक्ष बेदराज लामाले विदेशमा बसेका नेपालीले पठाएको सो रकमलाई सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

arthik sahayog School

विशेष