परीक्षाफल प्रकाशित

असाेज - ०२ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष (२०७१) अंग्रेजी र भूगोलको विषय (सोधपत्र बाहेक) को परीक्षाको परीक्षाफल अाइतबार प्रकाशित गरिएको छ ।
परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np तथा www.educationkhabar.com मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी तथा ४९४९ मा म्यासेज गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
parikshya phal prakashit
TU
