संविधान कार्यान्वयन गर्न जाेड
असाेज -०२ । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसी, थारु, आदिवासी, महिला आदि जनताको कुरा नसुनिकन एक पक्षीय ढङ्गले संविधान बनाएकाले हालै जारी भएको यो संविधानलाई मधेसी मोर्चाले नमानेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा अाइतबार आयोजित साक्षात्कारमा उनले वर्तमान सरकारले संविधान संशोधन गर्ने पहल गरेको कुरा सकारात्मक भए पनि संविधान संशोधन नभएसम्म यो संविधान कार्यान्वयन हुन नसक्ने बताएका हुन् ।
नेकपा (एमाले)का नेता शेरधन राईले ७० वर्षपछि बनेको संविधान कार्यान्वयन गर्न वर्तमान सरकार उदासिन भएको चर्चा गरे ।
संविधानको रक्षा गर्ने सवालमा एमाले स्पष्ट छ र एमालेले मात्रै संविधानको रक्षा र कार्यान्वयन गर्नसक्ने दाबी भरेका छन् ।
नेपाली काँग्रेसका नेता एनपी साउदले संविधानलाई गतिशील बनाउन समय समयमा जनताको मागअनुसार संविधान संशोधन गर्नुपर्ने बताए ।
नेकपा (माओवादी केन्द्र)का नेता प्रभु शाहले आन्दोलनकारी एक शक्तिलाई बाहिर राखेर संविधान निर्माण भएकाले यसलाई उनीहरुको माग सम्बोधन गर्न संशोधनको आवश्यकता रहेकाे अाैल्याएका छन् ।
Laxman Lal Karna
nekapa umale
Nepali Congress