News

भुकम्प प्रभावितलाई दिइने ट्याक्सी १० वर्षसम्म विक्री गर्न नपाउने

भुकम्प प्रभावितलाई दिइने ट्याक्सी १० वर्षसम्म विक्री गर्न नपाउने
असोज – २ । नेपाल लोकतान्त्रिक यातायात मजदूर संगठनले काठमाडौँमा पत्रकार सम्मेलन गरी भूकम्पप्रभावितका लागि दिन लागिएका ट्याक्सी दस वर्षसम्म विक्री गर्न नपाउने व्यवस्थाको माग गरेको छ । taxi-lines संगठनले सवारी चालक अनुमतिपत्र भएका भुकम्प प्रभावितको नाममा मात्र ट्याक्सी दर्ता गर्न तथा दर्ता गरेको १० वर्षसम्म विक्री गर्न नपाउने व्यवस्था गर्न माग गरेको हो । काठमाडौमा संचालित ट्याक्सीमध्ये ८० प्रतिशत ट्याक्सी सीमित व्यवसायीहरुको हातमा रहेको र त्यसका कारण ट्याक्सी व्यवसायमा विकृति बढेको भन्दै एउटा परिवारले ५ वटा भन्दा बढी ट्याक्सी दर्ता गर्न नपाउने गरी हदबन्दी तोकिनुपर्ने बताए । संगठनका १९ बुँदे माग सम्बोधन नगरिए ट्याक्सीलाई सडकमा तेस्र्याएर उपत्यकाको यातायात अवरुद्ध पार्ने चेतावनी दिएको छ ।

Bhukampa Pidit taxi

विशेष