पोखरामा एनसेल मेला सम्पन्न

असोज – २ । एनसेल कम्पनीले चाडपर्वकोे शुभकामना आदानप्रदान कार्यक्रम एनसेल मेलाबाट गरेको छ ।
पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा आयोजना गरिएको एनसेल मेलामा सर्वसाधारणका साथै पर्यटकहरुका लागि विविध मनोरञ्जनात्मक कार्यक्रम गरिएको हो ।
मेलाको मुख्यआकर्षणमा चर्चित कलाकारहरु तथा सांगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टल, किडस् जोन र फुड स्टल थिए । एकदिने एनसेल मेला बिहीबार नारायणघाटको नारायणी किनारमा पनि सम्पन्न भएको छ ।
मेलामा आगन्तुकका लागि नेपाली, ईण्डियन र चाईनिज परिकारको फुड स्टलका साथै दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ लगायत गतिविधि पनि गरिएको थियो ।
एनसेल मेला असोज ३ गते बुटवलमा, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा गरिनेछ ।
mela
Ncell
Pokhara
