सुनको ट्वाइलेट जुन हेर्न मात्र होइन प्रयोग पनि गर्न पाइन्छ
असोज – २ । सुनलाई तपाईँले के मा प्रयोग गर्ने गर्नु भएको छ ? पक्कै पनि गहनामा तर कतै सुनको सिंहासनको बारेमा पनि सुन्नु भएकै होला । यी त अहिले सामान्य नै मानिएला तर तपाईँले सुनको ट्वाइलेटको बारेमा सुन्नु भएको छ ?
अमेरिकाको न्युयोर्क स्थित गुगेनहीम संग्रहालयमा सुनको ट्वाइलेट छ, जहाँ मानिसहरुले दिसा पिसाब गर्न सक्छन् ।
संग्रहालयमा निमार्ण भएको १८ क्यारेट सुनको ट्वाइलेट हेर्नको लागि मात्र नभई प्रयोग गर्न समेत राखिएको हो । संग्रहालयमा थुप्रै वस्तुहरु भएपनि सुनको ट्वाइलेट भएको कारण चर्चा अन्य भन्दा बढि छ ।
सुनको यो ट्वाइलेट गुगेनहीम संग्रहालयको चौथो तलामा राखिएको छ । यसलाई संग्रहालयमा आउने कसैले पनि प्रयोग गर्न सक्छन् । इटालीका आर्टिस्ट माउरिजिययो काटेलानले यस ट्वाइलेटको निमार्ण गरेका हुन् ।
America
gold
toilet