News

बालबालिका उच्च जोखिममा, उद्धारमा कठिनाइ

बालबालिका उच्च जोखिममा, उद्धारमा कठिनाइ
  असाेज - ०२ । भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । जिल्ला बालकल्याण समिति भक्तपुरले राष्ट्रिय बाल दिवसका अवसरमा अाइतबार आयोजना गरेको भक्तपुरलाई बालश्रम शोषणमुक्त जिल्ला बनाउने पञ्चवर्षीय योजनाको समीक्षा कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो । child जिल्ला बालकल्याण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भक्तपुरमा जोखिममा रहेका बालबालिकाको पुनःस्थापना र एवम् पारिवारिक मिलन कार्य चुनौती भएको बताए । जोखिममा रहेका बालबालिकाको पहिचान भइसक्दा बालबालिकाको संरक्षण गर्ने निकायको अभावमा उनीहरुको उद्धार गर्न नसकिएको बताउँदै यहाँ कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले जिम्मेवारी लिन तदारुकता देखाउनुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका अध्यक्ष दिल्लीप्रसाद गिरीले सरकारी निकायका उच्चपदस्थ कर्मचारीकै घरमा समेत निकृष्ट बालश्रम प्रयोग भइरहेको पाइनु दुःखद् भएको चर्चा गरे । उनले बालश्रम प्रयोग गर्ने व्यक्ति, घर वा संस्था कुनै पनि निकायलाई अब कारबाहीको दायरामा ल्याइनेछ भने । महिला विकास कार्यालय भक्तपुरकी प्रमुख नीला घिमिरेले घरमा काम गर्ने, भूकम्पमा घर तथा परिवार गुमाएका, आफन्त नभएर अरुको आश्रय लिनुपरेका, विभिन्न उद्योग तथा कलकारखाना र यातायातका साधनमा काम गर्ने जोखिममा रहेका बालबालिकाको उद्धार गर्नु अति आवश्यक रहेको बताइन् । कार्यक्रममा सहभागीले आव २०७४÷७५ भित्र भक्तपुरलाई बालश्रम शोषणमुक्त जिल्ला बनाउन सबैले प्रतिबद्धता गर्नुपर्नेमा जोड दिएका थिए ।

bal shiram mukita jilla Bhaktapur

विशेष