News

पशुपति वनकालीमा पितृमोक्षका लागि भूमिदानसहित महाअनुष्ठान सुरु

पशुपति वनकालीमा पितृमोक्षका लागि भूमिदानसहित महाअनुष्ठान सुरु
Pashupati nath असाेज–२  पशुपति वनकालीमा ‘श्रीमद्भागवत पितृमोक्षका लागि भूमिदानसहित महाअनुष्ठान’ आइतबार देखि सुरु भएको छ । विभिन्न कारणबाट अकालमा मृत्युवरण गरेका पितृको उद्धार गर्ने उद्देश्यका साथ सुरु भएको अनुष्ठान यही असोज १४ गतेसम्म जारी रहनेछ । विश्व जागरण महाअभियान ट्रस्टको आयोजनामा भएको महाअनुष्ठानबाट सङ्कलित रकम भूकम्पबाट अभिभावक गुमाएका असहाय र टुहुरा बालबालिकाका लागि देवघाटमा निर्माणाधीन आवासीय गुरुकुलमा खर्च गरिनेछ । त्यहाँ भूकम्प, विपद् तथा विभिन्न द्वन्द्वबाट टुहुरा भएका बालबालिकालाई शिक्षा दिइनेछ । पितृको मुक्तिका लागि गरिन अनुष्ठानमा स्वामी ईश्वरकृष्णले कथा वाचन गर्नेछन् । अनुष्ठानमा अकालमा मरेका पितृको सामूहिक मोक्ष विधि गरिनेछ । ट्रष्टका सूचना अधिकारी डोलिन्द्र थापाले उक्त अनुष्ठानमा सहभागी भएमा पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने विश्वास गरिएको जानकारी िदए । भूमिदानका लागि रु १० हजारभन्दा माथि दान गर्ने भक्तजनले रु १० हजारभन्दा माथि दान गर्नुपर्ने व्यवस्था गरिएको छ । संसारको सबैभन्दा ठूलो दान भूमिदान भएको शास्त्रमा उल्लेख छ । भूमिदान गराइएका पितृको सम्पूर्ण विवरण देवघाटमा शिलालेख राखी १५ वर्षसम्म वार्षिक पुण्यतिथिमा पितृमोक्ष तर्पण गराइने छ ।

maahaa anusthan pashupati bankali

विशेष