पहिरोका कारण ८ घरपरिवार विस्थापित

असाेज - ०२ । वर्षासँगै गएको पहिरोका कारण अाइतबार पाँचथरको लुङरुपा–२ छेउटारका आठ घरपरिवार विस्थापित भएका छन् ।
घरमुनिबाट बग्ने फेमे खोलाले कटान गरेपछि झरेको पहिरोका कारण स्थानीय कमल तामाङ, नर्वु तामाङ, सुकमान तामाङ, निशान तामाङ, रणध्वज तामाङ, आमखोले तामाङ र पाख्रिन तामाङका परिवार विस्थापित बनेका हुन् । विस्थापितलाई आजै छिमेकीको घरमा स्थानान्तरण गरिएको स्थानीय डिल्लीराम दुलालले जानकारी दिए ।
Pahiro panchter