News

'टीकापुर घटना आततायी, हिंस्रक र आपराधिक' - भीम रावल

'टीकापुर घटना आततायी, हिंस्रक र आपराधिक' - भीम रावल
Bhim-Rawal असाेज–२ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले टीकापुर घटना आततायी, हिंस्रक र आपराधिक भएको बताएका छन् । एमाले प्रदेश नं ७ स्तरीय बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी भएको आपराधिक घटनाको दोषीलाई छाड्न नहुने बताए। उनले भने, “सरकारले घटनामा संलग्नलाई राजनीतिक मुद्दा भनेर छाड्यो भने दण्डहीनताले प्रश्रय पाँउछ ।” पूर्व उपप्रधानमन्त्री रावलले अघिल्लो सरकारले बजेटमा सार्वजनिक गरेका विकास निर्माणका काममा वर्तमान सरकारले बजेट विनियोजन गर्नुपर्नेमा पनि जोड दिए ।

Bhim Rawal Tikapur Ghatana

विशेष