News

संविधानको कार्यान्वयन हुन नदिने षडयन्त्र भइरहेको पूर्वप्रधानमन्त्री ओलीकाे अाह्राेप

संविधानको कार्यान्वयन हुन नदिने षडयन्त्र भइरहेको पूर्वप्रधानमन्त्री ओलीकाे अाह्राेप
kp-sharma-oli-nepalaaja असाेज - ०२ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले संविधानको कार्यान्वयन एमालेको सङ्कल्प भएको बताएका छन् । एमाले प्रदेश नं ४ सङ्गठन कमिटीको प्रथम बैठक एवम् कार्यकर्ता भेलाको अाइतबार पोखरामा उद्घाटन गर्दै उनले संविधानको कार्यान्वयन हुन नदिने षडयन्त्र भइरहेको बताउँदै त्यसलाई चिर्दै एमाले अघि बढ्ने बताए । नेपालमा संविधान बन्न नदिनका लागि पनि षडयन्त्र भएको चर्चा गर्दै उनले नेकपा (एमाले)को अगुवाइमा संविधान जारी गर्न सकिएको र नेपाली जनताका सङ्घर्षका उपलब्धि जोगाउनका लागि यसको कार्यान्वयन गर्न पार्टी दृढताका साथ अघि बढ्ने उल्लेख गरे । राष्ट्रिय स्वतन्त्रता, अखण्डता तथा स्वाभिमानलाई उँचो बनाउँदै आर्थिक समृद्धि र विकासमा उन्मुख बनेका कारण एमाले नेतृत्वको सरकारलाई हटाइएको आरोप लगाउँदै उनले वर्तमान प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका नाममा राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाएकाे बताए । राष्ट्रिय हितका पक्षमा पार्टी सङ्गठनलाई क्रियाशील बनाएर एमालेलाई देशको पहिलो पार्टीका रुपमा स्थापित गर्नेतर्फ जुट्न कार्यकर्तालाई निर्देशन दिँदै उनले संविधानले परिकल्पना गरेअनुसार प्रादेशिक संरचनामा पार्टीलाई लैजान प्रत्येक प्रदेशमा पार्टीका सङ्गठन कमिटी गठन गर्न लागिएको बताए । उक्त अवसरमा अध्यक्ष ओलीले पार्टीका प्रदेश नं ४ सङ्गठन कमिटीका पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएको थियो । एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधनका नाममा यसको चिरहरण गर्न लागिएको बताए । संविधानमा नमिलेका विषय मिलाउन एमाले तयार रहेको तर केवल कसैलाई खुसी पार्नका लागि संविधान संशोधनका लागि पार्टी तयार नभएको उनको भनाइ थियो । एमाले सचिव पृथ्वीसुब्बा गुरुङले सङ्घीयता कार्यान्वयनका सन्दर्भमा पार्टीभित्रको आन्तरिक संरचना त्यसैअनुरुप लैजान पार्टीले प्रत्येक प्रदेशमा सङ्गठन निर्माण प्रक्रिया अघि बढाएको बताए । एमाले प्रदेश नं ४ का प्रमुख किरण गुरुङले यो प्रदेश आफैमा धेरै सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै यहाँको समग्र विकासका लागि पार्टी सङ्गठन क्रियाशील बन्ने विश्वास दिलाएका हुन् ।

KP Sharma Oli nekapa umale

विशेष