News
पहिलो संविधान दिवसकाे अवसरमा नेकपा एमालेकाे जनसभा
आइतबार, ०२ असोज २०७३ गते प्रकाशित

असाेज–२ । नेकपा (एमाले) ले पहिलो संविधान दिवसकाे अवसरमा सोमबार वसन्तपुरमा जनसभा आयोजना गर्ने भएको छ ।
संविधानको रक्षा र कार्यान्वयनमा दबाब दिन सोमबार अपराह्न २ बजे वसन्तपुरमा जनसभाको आयोजना गरिने एमालेका सचिव तथा प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । सभाअघि अपराह्न १ बजे रत्नपार्कस्थित शान्तिबाटिकाबाट ¥याली निकालिने एमालेले जनाएको छ ।
सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
nekapa amale
sambidhan diwas