ताजा खबर राजनीति News

५ सय ३७ कैदीको कैद माफी

५ सय ३७ कैदीको कैद माफी

pradhan mantri

असोज ३ । सरकारले संविधान दिवसको अवसरमा ५ सय ३७ कैदीको कैद माफी गरेको छ । उनीहरू संविधान दिवस अर्थात आज असोज ३ गते कैदबाट छुट्ने छन् ।

आइतबारको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको सिफारिस अनुसार बालबालिका र महिला बेचविखन, अवैध हतियार, बलात्कार, अपहरण, संगठित अपराध, भ्रष्टाचारलगायत गम्भीर प्रकृतिको अपराधबाहेक हकमा कार्य्विधिले तोकेअनुसारको कैद सजाय काटेका कैदीको कैद मिनाहाको निर्णय गरेको हो ।

यसअघि गणतन्त्र दिवसमा सरकारले ८ हजार ८ सय ७ कैदीको कैद मिनाहा गरेको थियो । सरकारले असल चालचलन भएको, ६० प्रतिशत कैद भुक्तान गरिसकेको व्यक्तिलाई राष्ट्रिय दिवस पारेर कैद मिनाहा गर्दै आएको छ ।

मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सहसचिव विनोद केसीलाई सचिवमा र अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटालाई कामु सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।विभिन्न सरकारी उद्योगलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने, नेपाल औषधि लिमिटेडलाई सरकार आफैँले सञ्चालन गर्ने विषयमा बैठकमा सैद्धान्तिक सहमति भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको उपलब्धिबारे समेत जानकारी गराएका थिए ।

mantriparisad

विशेष