News

लोकमान सिंह कार्कीको फाइल भेटियो, मन्त्रिपरिषद कार्यालयमै रहेको खुलासा

लोकमान सिंह कार्कीको फाइल भेटियो, मन्त्रिपरिषद कार्यालयमै रहेको खुलासा

lokman_singh_karki_on_Europe_tour3430

असोज ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै रहेको खुलेको छ ।

आइतबार मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थाापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाएका थिए । थापाले जिज्ञासा राखेपछि मुख्य सचिव सोमला सुवेदीले नियुक्तिसम्बन्धी माइन्युट कार्यालयमै रहेको जानकारी दिए । ‘नियुक्तिको माइन्युट हराएको थिएन । प्रधानमन्त्री कार्यालयमै छ । हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिनेछौं । बाहिर भनिएजस्तो भूकम्पले हराएको छैन ।’ सुवेदीले भने । – कान्तिपुर दैनिकबाट

विशेष