News

एक व्यक्तिले बनाए १ सय ८ चौतारी

एक व्यक्तिले बनाए १ सय ८ चौतारी

chautari असोज - ३ । सामान्य लेखपढसम्म गर्नसक्ने म्याग्दीका एक व्यक्तिले पर्यावरणीय शुद्धता कायम गरी धर्म प्राप्त गर्ने उद्देश्यले आफ्नो गाउँभित्रको सार्वजनिक जग्गा र वन क्षेत्रमा १ सय ८ वटा चौतारी बनाई ती चौतारीमा वरपीपलका बिरुवा रोपेर जिल्लामा उदाहरणीय काम गरेका छन् ।

बेनी नगरपालिका–४ खबराका चन्द्रबहादुरले वनजङ्गलको विनासका कारण बिगँ्रदै गएको वातावरणीय सन्तुलन कायम राख्न, पानीका मूलको संरक्षण गर्न र सोही कार्यमार्फत धर्मप्राप्त गर्ने उद्देश्यले भिन्नभिन्न स्थानमा गरी १ सय ८ वटा चौतारी बनाई वरपीपलका बिरुवा रोपेका हुन ।

दुई वर्ष अघिदेखि सुरु गरेको सो अभियानमा भदौ मसान्तसम्ममा १ सय ८ वटा चौतारी बनाई ती सबैमा वरपीपल र समीका बिरुवा रोपेको कार्कीले बताए । उनले सात्लेपानी, भसभसे, लव्लीहिल, खबरा, ठूलोखबरालगायतका ठाउँमा वरपीपल र समीका बिरुवा रोपेको जानकारी दिए । बेनीको मङ्गलाघाटमा कृषिउपल खरिद बिक्री केन्द्र, किराना पसल र विभिन्न थरी फलफूलका बिरुवा बिक्री गर्दै आएको छ ।

छोरा नातिलाई वातावरणीय समस्या नआओस् र उनीहरुले दुःख पाउन नपरोस् भनेर नै मैले यो अभियान थालेको हुँ, धर्मका लागिभन्दा पनि पर्यावरणीय शुद्धताका लागि मैले यसो गरेको हुँ ५३ वर्षीय कार्कीले भने ।

chautari Myagdi

विशेष