ताजा खबर News समाज

यसरी छुटायो नेपाली सेनाले सर्वसाधारणलाई आतंककारीको पञ्जाबाट (फोटोसहित)

यसरी छुटायो नेपाली सेनाले सर्वसाधारणलाई आतंककारीको पञ्जाबाट (फोटोसहित)

arrrr असोज ३ । विश्वमा बढ्दै गएको आतंककारी गतिविधीलाई दृष्टिगत गर्दै आतंकबादी घटना नेपालमा भएमा त्यसलाई सशक्त रुपमा प्रतिकार गर्न नेपाली सेना तयारी अवस्थामा छ ।

aa

विशेष फौज, पैदली फौज, सपोर्टिङ्ग युनिटहरु र अन्य सुरक्षा निकायहरु समेतलाई एकीकृत र समन्वयात्मक ढङ्गबाट परिचालन गर्ने उद्धेश्यले आंतक प्रतिकार अभ्यास सेनाले भक्तपुरमा संचालन गरेको छ ।

ar

अभ्यासको समाप्ती पश्चात प्रधान सेनापति राजेन्द्र क्षत्रीले प्रति आतंककारी कारवाहीको अभ्यासको क्रममा प्रयोग गरेको हतियार, ईक्प्युपमेन्टहरुको निरीक्षण गरे । उक्त अभ्यास निरीक्षण कार्यक्रममा रथीबृन्द, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक, अधिकृत लगायत विभिन्न मित्रराष्ट्रका सैनिक सहचारीहरुको समेत उपस्थितीरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

nepalarmy

Nepal Army

विशेष