ताजा खबर राजनीति News

निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई प्रधानमन्त्रीको आग्रह

निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई प्रधानमन्त्रीको आग्रह

pm

असोज ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विषयमा राजनीतिक लाभहानी नहेरी उपयुक्त वातावरण बनाउन सबै राजनीतिक दलहरुलाई आव्हान गरेका छन् ।

संविधान अनुसार २०७४ साल माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गरीसक्नुपर्ने छ । तर, दलहरुबीच स्थानीय तहको संख्या, सिमाना लगायतका विषयमा सहमति जुटेको छैन ।

पहिलो संविधान दिवसको अवसरमा सोमबार सैनिकमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘निर्वाचन जस्तो संवेदनशील विषयमा राजनीतिक लाभहानी नहेरी उपयुक्त वातावरण बनाउन म सबै दलहरुलाई विशेष आव्हान गर्दछु ।’

Puspakamal Dahal

विशेष