विदेश

थाइल्यान्डमा डुङ्गा दुर्घटना, १५ काे मृत्यु, बेपत्ताको खोजी जारी

थाइल्यान्डमा डुङ्गा दुर्घटना, १५ काे मृत्यु, बेपत्ताको खोजी जारी
असोज - ३  । थाइल्यान्डमा मुस्लिम तीर्थयात्रीलाई बोकेर गएको डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका व्यक्तिहरुको सोमबार पनि खोजीकार्य जारी रहेको छ । People stand near a boat which according to officials, capsized on the Chao Phraya river while carrying 150 Thai Muslims, in the ancient tourist city of Ayutthaya, Thailand September 18, 2016. Dailynews/via REUTERS थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । प्राचीन सहर आयुत्थाया नजिकै भएको दुर्घटनामा १३ जना मृत्यु हुनुको साथै अन्य ३३ जना घाइते भएको पुष्टि विपद् नियन्त्रण प्रमुख ओडाम्सक खाओनुना आइतबार नै गर्नुभएको थियो । आयुत्थायाका उप गभर्नर रेवात प्रासोङ्गका अनुसार सोमबार मृतकको सङ्ख्या १५ पुगेको र ११ जना अझै बेपत्ता रहेका छन् । सो दुर्घटना परेका १४ व्यक्ति उपचारार्थ अस्पतालमा रहेका पनि बताइएको छ । विपरित दिशाबाट आएको अर्को डुङ्गासँग ठोक्किनबाट जोगाउने प्रयासमा डुङ्गा पुलको पिलरमा ठक्कर खाएपछि भएको उक्त दुर्घटनामा परी मृत्यु हुने सबै थाई नागरिक रहेका बताइएको छ । दुर्घटनापछि तत्काल नदीमा डोरी फालिएको र त्यही डोरीको सहयोगमा केही घाइते नदीबाहिर आएका थिए । पानीमा डुबी बेहोस भएका केही व्यक्तिलाई समेत स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेका बताइएको छ । एएफपी

thailanad boat Accident

विशेष