News

भिसी शेरबहादुर थापा गोर्खाहरु नासो हुन्ः कार्यबाहक राजदूत शरद राज आरन

भिसी शेरबहादुर थापा गोर्खाहरु नासो हुन्ः कार्यबाहक राजदूत शरद राज आरन
असोज – ३ । भिसी शेरबहादुर थापाको ७२ औँ स्मृति दिवस लण्डनस्थित पलम्स्टिटमा एक कार्यक्रमका बीच सम्पन भएको छ । दोश्रो बिश्व युद्धमा जर्मनी सेनाविरुद्ध लड्ने क्रममा इटालीको सान मारिनोमा मारिएका भिसी थापा मारिएका थिए । SONY DSC ब्रिटेनका लागि नेपाली राजदुत शरद राज आरनले ब्रिटेनको लागि नेपाली गोर्खाहरुले पुर्याएको योगदानको एउटा प्रतिक भिसी थापा भएकोले उनको सम्झना गर्नु अत्यन्तै सान्दर्भिक भएको चर्चा गरे । उनले भने “ भिसी शेर बहादुर थापा सबै गोर्खाहरुको नासो भएकाले हामी सबैले उहाँलाई सम्झनु हाम्रो दायित्व हो ।“ कार्यक्रममा खस अन्तर्राष्ट्रिय समन्वय समाजका संयोजक टेकबहादुर थापाले खस जाती प्राचिन कालदेखिनै लडाकु जातीको रुपमा परिचित जाती भएकाले खस जातिका मानिसहरुको उपस्थिति सेनामा अग्रिम स्थानमा रहदै आएको बताए । उक्त कार्यक्रमा लन्डनस्थित हंस्लो काउन्सिलका पूर्व मेयर तथा काउन्सिलर पौल लिंचले ब्रिटेनको लागि गोर्खाहरुले खेलेको भूमिका ब्रिटिस नागरिकहरु बिर्सन नहुने धारणा राखे । SONY DSC सैनिक आवाजका सम्पादक डा. चन्द्र बहादुर गुरुङले ब्रिटेनको लागि भिसी थापाहरुले पुर्याएको योगदानको उचित सम्मान हुन नसकेको दुखेसो पोखे । कार्यक्रममा बिश्व नेपाली साहित्य महासघका अध्यक्ष बिश्वदिप तिगेलाले बेलायती साम्राज्यले कब्जा गरेका ६६ वटा उपनिबेशिक मुलुक मध्ये ३६ वटा उपनिवेशक मुलुक बनाउन गोर्खाहरुको महत्व पूर्ण भूमिका रहेको देखिन्छ । नौ गोर्खा राइफलका सिपाही थापाको सन् १९४४ सेप्टेम्बर १९ का दिन जर्मनी सेनाको आक्रमणमा निधन भएको थियो । तनहुँ जिल्लाको घले छापमा जन्मिएका थापालाइ ब्रिटिश सरकारले मरणोपरान्त भिक्टोरिया क्रसको उपाधि प्रदान गरेको थियो । नौ गोर्खा राइफल तत्कालिन ब्रिटिश सरकारले सन १८१७ मा नेपाली खस जातिका छेत्री र ठकुरीका लागि बनाएको थियो । शेरबहादुर थापा उक्त नौ जिआरका तर्फबाट भिक्टोरिया क्रसको उपाधि पाउने एक मात्र खस मुलका नेपाली हुन् । ब्रिटिश सेनाको सबैभन्दा ठूलो उपाधि भिक्टोरिया क्रस हो र उक्त उपाधि शेर बहादुर थापाको परिवारलाई नदिएर नौ जिआरले नै आफूसंग राखेको छ । खस समाज युकेले संयुक्तरुपमा आयोजना गरेको थियो ।

Saran Raj Aaran VC Sher Bahadur Thapa

विशेष