News

प्रचण्डको बदनाम गर्न खोज्दा एमाले आफैं फस्यो, महेन्द्रबाहदुर पाण्डे परराष्ट्रमन्त्री हुँदा नै विवादस्पत् सहमति गरेको खुलाशा

प्रचण्डको बदनाम गर्न खोज्दा एमाले आफैं फस्यो, महेन्द्रबाहदुर पाण्डे परराष्ट्रमन्त्री हुँदा नै विवादस्पत् सहमति गरेको खुलाशा
असाेज - ३ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारि गर्दै नेपाल र भारतले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी गरेको संयुक्त वक्तव्यका बारेमा प्रष्टिकरण दिएको छ । उसले विवादित भनिएका बुँदा एमालेका तर्फबाट परराष्ट्रमन्त्री रहेका महेन्द्रबहादुर पाण्डेका पालामा भारससँग भएका सहमति र सम्झौता भएको प्रष्ट गरेको छ । परराष्ट्रले विषयलाई अनावश्यक हिसावले विवादित बनाउन खोजेको प्रष्टाउन खोजेको देखिन्छ । उसले संयुक्त वक्तव्यमा उल्लेखित बुँदा सामान्य अन्तराष्ट्रिय प्रावधानअनुसार रहेको जनाएको छ । एमालेले बुँदा नम्बर एघारलगायतका विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेको थियो । परराष्ट्रले सो बुँदा एमालेकै मन्त्रीले गरेको सहमतिमा आधारित भनेर प्रष्टिकरण दिएको छ । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डले कलंकको टीका लगाएको भन्दै कडा टिप्पणी गरेका थिए । सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । bigyapti

Prachanda Prarastra Mantrarlay puspa kamal dahal puspa kamal dahal prachanda

विशेष