विदेश

न्यूयोर्कमा प्रेसर कुकर बम बिस्फोट

न्यूयोर्कमा प्रेसर कुकर बम बिस्फोट
असोज–३ । आइतबार अमेरिकाको न्यूयोर्कमा प्रेसर कुकर बम बिस्फोट भएको छ । बिस्फोटमा २९ जना घाइते भएका छन् । न्यूयोर्कको म्यानहटनमा बिहान भएको बिस्फोट प्रेसर कुकर बम रहेको सरकारी अधिकारीले बताएको हो । new-york-bumb अफगानिस्तानमा जन्मिएका अमेरिक नागरिक अहमद खान राहनीले उक्त बम बिस्पाेट गराएकाे हुन सक्ने सरकारी अधिकारीले बताएका छन् । अाराेपी राहनीलाई अन्तिम पटक एलिजाबेथमा देखिएकाे प्रहरीले बताएकाे छ । घटना भएको स्थल नजिकै पनि प्रेसर कुकर बम फेला परेको अनुसन्धानमा संलग्न अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । प्रहरीले बिस्फोटकाे विषयमा छानबिन गरिरहेको छ ।

New York bomb blast presser bomb blast in New York

विशेष