News

अख्तियार प्रमुख कार्की आज राति रहस्यमय हिसावले क्यानडा जाँदै

अख्तियार प्रमुख कार्की आज राति रहस्यमय हिसावले क्यानडा जाँदै
असाेज - ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की आज (साेमबार) राति क्यानडा जाँदैछन् । lokman_singh_karki_on_Europe_tour3430 क्यानडामा आयोजना हुने भनिएको भ्रष्टाचार विरोधी निकायहरुको सम्मेलनमा भाग लिन उनी क्यानडा जान लागेको बताइएको छ । यद्यपी उनको भ्रमणलाई अख्तियारले गोप्य राख्न चाहेको छ । सामान्य विषयमा समेत विज्ञप्ति जारी गर्ने तथा सूचना निकाल्ने अख्तियारले दुई हप्ता लामो कार्कीको विदाका बारेमा मौनता साँधेको छ । कार्कीको नियुक्तीको मुद्दा सर्वोच्वले पुनरावलोकन गर्न लागेको, अख्तियारले माओवादी क्यान्टोनमेटको फाइल पुनः हेर्न थालेको तथा गोविन्द केसी नवौं पटक अनसन बस्न थालेको सन्दर्भमा कार्कीको बिदेश बसाइ हुँदैछ । यस्तो परिस्थितिमा लामो विदामा निस्कन लागेका कार्कीको भ्रमणका बारेमा आधिकारिकरुपमा केही सार्वजनिक गरिएको छैन । कार्की आज ९ः५० बजे इतिहात एअरलाइन्समार्फत क्यानडा जान लागेको स्रोतले जनाएको छ । चार दिने कार्यक्रममा सहभागी हुन जान लागेको भनिएका कार्कीले १३ दिनको विदा लिएको बताइएको छ । उनी झण्डै एक हप्ता निजी भ्रमणमा रहनेछन् । देशभित्र उनकै मुद्दा प्राथमिकतामा रहेको बेला उनको बिदेश टाइमपासलाई अर्थपूर्णरुपमा लिइएको छ ।

Akhtiyar parmukh canada Lokman Sing Karki Nepali Truck in canada

विशेष