ताजा खबर News

सेनालाई उपेक्षा गरेको भन्दै प्रधानमन्त्री र सभामुखसँग रक्षामन्त्री फायर

सेनालाई उपेक्षा गरेको भन्दै प्रधानमन्त्री र सभामुखसँग रक्षामन्त्री फायर

nepal-army

असोज ४ ।  रक्षा मन्त्री बालकृष्ण खाँणले पछिल्ला राजनीतिक परिवर्तन र संविधान घोषणा सुरक्षा निकायको भूमिकालाई प्रधानमन्त्री र सभामुखले वेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

खाँणले पहिलो संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीले गरेको लिखित सम्बोेधनमा संविधानसभा गठन प्रक्रियासम्म आइपुग्न आफ्नो जिउ ज्यानको प्रवाह नगरी जनचाहनालाई पुरा गर्न राजनीतिक दललाई सहयोग गर्ने सेना लगायत सुरक्षा निकायको योगदानको कदर नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

‘शान्ति प्रक्रियालाई सफलतामा पु-याउन सेना लगायत, न्यायपालिका, प्रशासन र निर्वाचन आयोगले संविधान निर्माणमा ठूलो भूमिका निर्वाह गरे,’ मन्त्री खाँणले  भने,‘ तर, संविधान दिवसका अवसरमा प्रधानमन्त्री र सभामुखले सैनिक मञ्च टुडिखेलमा आयोजित कार्यक्रममा मञ्चमा प्रधान सेनापतिलाई बगलमा राख्नुभयो, आफ्नो मन्तव्यका क्रममा सेनाले पु¥याएको योगदानको भने नजरअन्दाज गर्नुभयो।’

उनले न्यायीक क्षेत्र, प्रशासनीक निकाय र सेनालगायत सुरक्षा निकायको सहयोग र राजनीतिक दलहरुको संयुक्त प्रयासले मात्रै मुलुकमा दुई पटक संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भई संविधानसभा मार्फत संविधान बनाउने नेपाली जनताको चाहना पुरा भएकाले ती सबै निकायको भूमिकाको उच्च सम्मान गर्नुपर्ने बताएका हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सबै नेपालीको उत्तिकै योगदान भएको बताउदै खाँणले जारी संविधान कार्यान्वयन गर्न, संविधानले जनतामा स्थापित गरिदिएका अधिकारलाई अघि बढाउन, जनचाहना पुरा गर्न तथा नेपालको शान्ति र समृद्धिका लागि दलहरुबीच रहेका आपशी सदभाव र सहकार्यलाई निरन्तर अघि बढाउनु पर्ने बताए।

संविधान जनप्रतिनिधिमार्फत बनाउनु पर्छ भनने मान्यताको विजारोपण गर्नुहुने जननेता विश्वेश्वरप्रसाद कोइरालालाई स्मरण र सम्मान गर्दै सम्पूर्ण सहिद, संघर्षशील योद्धा, विभिन्न आन्दोलनमा सहभागि भएका हजारौ हजार अंगभंग भएका घाइते र घरपरिवार विहिन भएकाहरुलाई पनि सम्मान गर्नुपर्ने उनको भनाई थियो।

२००७ सालदेखि प्रजातन्त्र प्राप्तीका लागि अहिलेसम्म भएका आन्दोलनमा साहदतप्राप्त गर्ने, अंगभंग हुने र घरवार विहिन हुनेहरुको सम्मान गर्दै आगामी दिनमा उनीहरुलाई संविधान दिवसका कार्यक्रममा उचित स्थान दिनुपर्ने मन्त्री खाँणले बताए।

अन्नपूर्ण

Balkrishna Khad Nepal Army

विशेष