अपराध सुरक्षा ताजा खबर News

राजधानीको मुटुमा रहेका एक विद्यालयमा प्रेसरकुकर बम भेटियो, सेनाको घेराबन्दी

राजधानीको मुटुमा रहेका एक विद्यालयमा प्रेसरकुकर बम भेटियो, सेनाको घेराबन्दी

presser

भदौ ४ । ललितपुरको सानेपामा रहेको एक निजी विद्यालयमा प्रेसर कुकर बम भेटिएको छ । रेडियन्ट रिडर्स एकेडेमीमा प्रेसर कुकर कम भेटिएको प्रहरीले जनाएको छ । बम डिस्पोज गर्न सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको प्रहरी प्रभाग सानेपाका  प्रहरी निरीक्षक रामकृष्ण सापकोटाले बताए ।

मंगलबार बिहान साढे ५ बजे स्कूलमा बम रहेको खबर आएको र अहिले त्यस क्षेत्रलाई सुरक्षा घेरामा रोखेको छ । सानेपमा आसपासमा गाडी र सर्वसाधरणलाई प्रवेशमा रोक लगाइएको छ ।

बम राखिएको ठाउँमा एउटा पर्चा पनि भेटिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द तथा योङ्ग कम्यूनिष्ट फोर्स नेपाल केन्द्रीय समिति नाम गरेको पर्चा भेटिएको प्रहरी निरीक्षक रामकृष्ण सापकोटाले जानकारी दिनुभयो ।

यो समूहले शुल्क वृद्धि फिर्ता लिनु पर्ने, कम आय भएकाको छोराछोरीलाई निशुल्क पठनपाठनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राखेको छ । केही समय अघि यही समूहले सीतापाइलामा रहेको एक निजी विद्यालयको बस जलाएको थियो ।

Press cooker Bumb

विशेष