ताजा खबर News

बेलायतको पिआर त्यागेर फर्किए लामा

बेलायतको पिआर त्यागेर फर्किए लामा

kumar lama

असोज ४ । नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतको आवसीय अधिकार (आईएलआर) त्यागेर नेपाल फर्किएका छन् । बेलायतमा आफूमाथिका यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामा त्यहाँको पिआर त्यागेर आइतबार नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

लामाले गत साता आफ्नो पीआर रद्द गरिदिन दूतावासमा निवेदन दिएका थिए । दूतावासले लामाको निवेदनबमोजिम होम अफिस (गृह मन्त्रालय) लाई पिआर भिजा रद्द गरिदिन आग्रह गरेकोमा होम अफिले प्रक्रिया अगाडि बढाइएको जनाइएको स्रोतले उल्लेख गरेको छ । कान्तिपुर

kumar lama

विशेष