अर्थ News

जनता बैंकको १० लाख दुर्घटना बिमाको नयाँ बचत खाता

जनता बैंकको १० लाख दुर्घटना बिमाको नयाँ बचत खाता

janta-bank

असोज ४ । जनता बैंकले १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु र एक करोड रुपैयाँसम्मको घर बिमा सुविधासहितको नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । जनता कवच नामक नयाँ खाता खोल्नेले खातामा रहेको रकमको २० गुणा वा एक करोड रुपैयाँ बराबरको घर बिमा सुविधा पाउने छन् । नयाँ खाताले आम जनतालाई बचत मात्र नभइ सुरक्षासमेत प्रदान गर्ने छ, बैंकले विज्ञप्तिमा भनेको छ ।

बैंकले गत असार मसान्तसम्म २४ अर्ब ६ करोड निक्षेप संकलन र २० अर्ब ४७ करोड कर्जा लगानी गरेको थियो । बैंकले साढे ३२ करोड नाफा कमाएको थियो । बैंकका ३६ शाखा, २९ एटिएम र पाँच शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

Janata Bank

विशेष