विदेश

थाइल्यान्डमा डुङ्गा दुर्घटना, मृत्यु हुनेको सङख्या १८ पुग्याे

थाइल्यान्डमा डुङ्गा दुर्घटना, मृत्यु हुनेको सङख्या १८ पुग्याे
असाेज - ०४ । थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङख्या १८ पुगेकोे यहाँको आपतकालीन व्यवस्था विभागले जनाएको छ । boat-accident थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा १३ जनाको आइतबार नै मृत्यु भएको थियो भने गम्भीर अवस्थामा अस्पतालमा पुर्याइएका थप पाचँ जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको अस्पतालबाट सोमबार प्राप्त खबरमा जनाइएको छ । डुङ्गा दुर्घटनामा ३३ जना घाइते भएका विभागका विपद् नियन्त्रण प्रमुख ओडाम्सक खाओनुनाले बताएका छन् । विपरित दिशाबाट आएको अर्को डुङ्गासँग ठोक्किनबाट जोगाउने प्रयासमा डुङ्गा पुलको पिलरमा ठक्कर खाएपछि भएको उक्त दुर्घटनामा मृत्यु हुने सबै थाई नागरिक रहेकासमेत बताइएको छ । दुर्घटनापछि तत्काल नदीमा डोरी फालिएको र त्यही डोरीको सहयोगमा केही घाइते नदीबाहिर आएका थिए । पानीमा डुबी बेहोस भएका केही मानिसलाई समेत स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको थियो । - एएफपी

boat accident thailand

विशेष