भारतमा बस दुर्घटना, १० काे मृत्यु

असाेज - ०४ । भारतीय पूर्वी राज्य विहारमा करिब ६५ जना यात्रारत एक बस पोखरीमा खस्दा १० जनाको मृत्यु भएको छ भने २० जना अन्य पोखरीमा डुबेर बेपत्ता भएको आशङ्का रहेको त्यहाँका उच्चप्रहरी अधिकारीले सोमबार बताएका छन् ।
विहारको मधुवनी जिल्लाको बासैथामा गुडिरहेको बसले नियन्त्रण गुमाएपछि पोखरीभित्र खस्न पुगेको प्रहरीले बताएको छ ।
प्रहरीले स्थानीयको सहयोगमा १० जनाको शव पोखरीबाट बाहिर निकालेको छ भने अझै २० जना पोखरीभित्र रहेको हुनसक्ने बताइएको छ ।
विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाको छानबिन गर्न तत्काल छानबिन समिति बनाउन निर्देशन दिएका छन् ।
भारतमा हरेक वर्ष सडक दुर्घटनामा परी एक लाख ५० हजार मानिसले अकालमा ज्यान गुमाउने गरेको भारतीय तथ्याङ्क छ । -
रासस÷सिन्ह्वा
Bus accident
Death
India
