News

राष्ट्रसङ्घीय उच्च बैठकमा परराष्ट्रमन्त्री डा महतले भाग लिए

राष्ट्रसङ्घीय उच्च बैठकमा परराष्ट्रमन्त्री डा महतले भाग लिए
असाेज - ०४ । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिने सिलसिलामा अमेरिकाको न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले म‌गलबार राष्ट्रसङ्घको प्रधान कार्यालयमा आयोजित शरणार्थी तथा आप्रवासीसम्बन्धी उच्चस्तरीय बैठकमा भाग लिएका छन् । prakah sharan mahat साथै उनले दिगो विकास प्राप्तिसम्बन्धी सन् २०३० का दिगो विकासका लक्ष्य हासिल गर्न राष्ट्रका आ–आफ्ना नीति प्राथमिकतामा जोड दिनुपर्ने बताएका हुन् । बहुआयामिक समस्याका रुपमा रहेको शरणार्थी समस्यालाई प्रभावकारी रुपमा त्यसको समग्रतामा पुगेर समाधान गर्नुपर्नेमा मन्त्री महतले जोड दिएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । सबै आप्रवासी शरणार्थी होइनन् भन्दै उनले स्पष्ट पहिचान गरेर मात्र सम्बन्धित व्यक्तिलाई आप्रवासी वा शरणार्थी भनेर छुट्याउनुपर्ने बताए । आजै, मन्त्री डा महत जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठकमा पनि सहभागी हुनेछन् । अल्पविकसित, भूपरिवेष्टित विकासोन्मुख तथा टापू राष्ट्रहरुले संयुक्तरुपमा आयोजना गरेको उक्त बैठकमा उनले मौसम परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न आन्तरिक स्रोत र साधनले नभ्याउने भएकाले त्यसमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीको आवश्यकता रहेको बैठकमा बताएका छन् । आजै, मन्त्री महतसँग कोलम्बियाका विदेशमन्त्री मारिया एन्जेला होल्गुइन स्विलारले भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनिहरुबीच कोलम्बिया र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको उक्त नियोगले जनाएको छ । कोलम्बियाली विदेशमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताबारे चासोपूर्वक जिज्ञासा राखेका थिए । कोलम्बियाको कफी उत्पादन तथा प्रशोधन को अनुभव नेपालका निम्ति उपयोगी हुने भएकाले त्यस दिशामा आवश्यक कार्य गर्न मन्त्री महतसमक्ष गरेकाे प्रस्तावको नेपालले सकारात्मक जवाफ दिएको थियो । सोमबार न्युयोर्क पुगेका मन्त्री महतलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायतले स्वागत गरका थिए । - रासस

amerika nework prakash sharan mahat uno

विशेष