News

निजामती कर्मचारीमा १२ प्रतिशत महिला

निजामती कर्मचारीमा १२ प्रतिशत महिला
असाेज - ०४ । निजामती कर्मचारीको क्षेत्रमा करिब १२ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ । nijamati अन्तरपार्टी महिला सञ्जालले निजामती कर्मचारीमा राजपत्राङ्किततर्फको अनुसन्धान गरी तयार पारेको प्रतिवेदनअनुसार राजपत्राङ्कित, राजपत्रअनङ्कित र श्रेणीविहीनतर्फ गरी कुल ६१ हजार ८८३ कर्मचारी मध्ये महिलाको सङ्ख्या सात हजार ३१६ तथा पुरुष ५४ हजार ५६७ रहेका छन् । राजपत्राङ्किततर्फ १४ हजार ३६९ मध्ये पुरुष १३ हजार आठ छन् भने महिला एक हजार २८९ छन् । महिलाको प्रतिनिधित्व करिब नौ प्रतिशत मात्र रहेको छ । राजपत्रअनङ्कितमा २८ हजार ९५० मध्ये २४ हजार ३६५ पुरुष तथा चार हजार ५८५ महिला छन् । यसमा करिब १६ प्रतिशत महिला सहभागिता रहेको छ । त्यसैगरी, श्रेणीविहीनतर्फ १८ हजार ५६४ मध्ये १७ हजार १२२ पुरुष तथा एक हजार ४४२ महिला सहभागिता रहेको छ । यो करिब आठ प्रतिशत हो । सञ्जालकी सचिव शशि श्रेष्ठले समग्रतामा राजपत्राङ्कित, राजपत्रअनङ्कित र श्रेणीविहीनतर्फका सबै पद जोड्दा करिब १२ प्रतिशत हुने जानकारी दिँदै महिला सशक्तीकरणका माध्यमबाट महिलाको सहभागिता राज्यको हरेक निकायमा वृद्धि गर्ने बताएकी छिन् ।

Mahila Nijamati Karmachari

विशेष