News

'संविधानलाई भारतले सहयोग गर्छ'- प्रधानमन्त्री प्रचण्ड

'संविधानलाई भारतले सहयोग गर्छ'-  प्रधानमन्त्री प्रचण्ड
असोज ०४ । माओवादी केन्द्रको लाजिम्पाटमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतको सहयोग र सद्भाव लिएर संविधान लागू गर्न जरुरी भएको बताएका छन् । चार दिने भारत भ्रमणमा नेपालको आन्तरिक मामिलामा भारतमा छलफल गरेको प्रश्न पार्टीभित्र उठेपछि प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् । maobadibaithak प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बेला नेपालको संविधान संसोधनको बारेमा छलफल गरेको, अन्तर्राष्ट्रिय मञ्चहरुमा भारतलाई सहयोग गर्न प्रतिबद्धता जनाएको र भारतीय सुरक्षा चासोलाई संबोधन गर्दा नेपालको सार्वभौम अधिकार हनन् हुने भन्दै माओवादीभित्र नै आलोचना हुन थालेको थियो । बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा प्रचण्डले १७ महिनाभित्र ३ वटा निर्वाचन (स्थानीय, प्रदेश र राष्ट्रिय) गर्न र असन्तुष्ट पक्षको माग पूरा गर्न भारतको सहयोग र सद्भाव जरुरी छ भन्दै छिमेकीको नाताले संविधान संसोधनको प्रक्रिया सुरु भएको जानकारी भारतीय नेताहरुलाई दिएका थिए । ‘भारतको सद्भाव नलिने हो भने संविधान लागू गर्न सकिने अवस्था रहेन, त्यसैले यस विषयमा अरु कुनै शंका गर्नुपर्नु ठाउँ छैन । संविधानलाई स्वागत गर्न मैले प्रस्ताव राखें । भारतीय नेताहरुले सबैलाई समेटेर जानुहोला । हामी स्वागत गर्छौ भनेका छन् प्रचण्डलाई उदृत गर्दै स्रोतले जनायो । ‘रक्षा र परराष्ट्रसँग जोडिएका विषहरु पहिलाकै सरकारहरुले गृहकार्य गरेका विषय हुन् । परराष्ट्र र गृहका अधिकारीहरुले पटक–पटक होमवर्क गरेका विषयहरु अहिले पनि उठेको मात्र हो, प्रधानमन्त्रीले भने, ‘यी कुनै पनि विषय नयाँ सहमति भएका विषय होइनन’ प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले उल्लेख गर्यो । बैठकमा वरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र देव गुरुङलगायतका नेताहरुले संविधानको विषयमा भारतमा छलफल नगरेको भए हुन्थ्यो भन्दै प्रश्न उठाएका थिए । भारत जानुअघि पनि पार्टीमा आन्तरिक छलफल गरेर गएका विषयहरुका बारेमा मात्रै छलफल भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले टिप्पणी गरे । प्रवक्ता पम्फा भुसालका अनुसार बैठकले ‘प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच न्यानो सम्बन्ध विकास भएको, नेपाली र भारतीय जनताको सम्बन्धमा थप सुदृढ भएको, भुटान र बंगलादेशमा समेत नेपालले खुल्ला व्यापार गर्ने गरी खुल्ला मार्केटको अवधारणामा पिटिए भएको, भूकम्पको पूनर्निर्माणमा भारतले थप सहयोगको घोषणा गरेको, नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गरेको’ विषयलाई भ्रमणका मुख्य उपलब्धिको रुपमा निष्कर्ष निकालेको छ ।

maobadi pm puspa kamal dahal prachanda

विशेष