विदेश

वन्यजन्तु शिकारी जेल चलान

वन्यजन्तु शिकारी जेल चलान
jel असाेज - ०४ । वन्यजन्तुको चोरी शिकारीको अभियोगमा चीनको उत्तरी क्षेत्रमा पर्ने गाँसु प्रोभिन्सको स्थानीय अदालतले पाँच जनालाई मङ्गलबार दोषी ठहर गर्दै सातदेखि नौ वर्षसम्म जेल सजाय सुनाएको छ । स्थानीय क्विलीन काउन्टी अदालतले ती पाँच जना सन् २०१४ मा तीन ओटा हिउँ चितुवाको बच्चा, एउटा हिउँ चितुवा, दुई ओटा निलो भेँडा लगायतका वन्यजन्तु मार्ने कार्यमा संलग्न रहेको पाइएको जनाएको छ । हिउँ चितुवा पहिलो वर्गको संरक्षित जनावर हो भने अरु दुई ओटा दोस्रो वर्गका संरक्षित जनावर हुन् । जेल सजाय बाहेक उनीहरुले जनही दश हजार भन्दा बढी युआन जरिवाना तिर्नु पर्नेछ ।

jel thip

विशेष