घुस लिंदालिँदै अख्तियारको टोलीद्वारा सब ओभरसियर गुरुङ पक्राउ

असोज ४, काठमाडौँ । भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालको सक्रियतामा घुस लिंदालिँदै टोखा नगरपालिका कार्यालयबाट सब ओभरसियर बुद्धिजंग गुरुङलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेका गुरुङले सेवाग्राहीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाईदिने कामको लागि भन्दै ४५ हजार घुस लिएका थिए । उनको शरीरबाट अख्तियारको टोलीले खानतलासी गर्दा थप ७१ हजार नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको ४५ हजार, दुई ओटा एटिएम कार्ड र एक मोबाइल बरामद गरेको छ ।
सव ओभरसियर गुरुङले सानुकाजी महर्जनसँग घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाईदिने कामको लागि उक्त रकम लिएको स्वीकारेका छन् । उनले अख्तियारकै अगाडी भनेका छन् 'मैले उक्त रकम सेवा शुल्क स्वरूप लिएको हुँ ।' तर अख्तियारका एक अधिकारीले सेवा शुल्कको नाममा त्यसरी रकम लिनु भ्रस्टाचारनै भएको बताए ।
यता गुरुङलाई रंगे हात पक्राउ गराउन भूमिका खेलेको भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले एक बिज्ञप्ति निकाल्दै यस्ता अप्रेशन हरेक जिल्लामा सुरु भईसकेको जनाएको छ । बिज्ञप्तिमा भनिएको छ 'हामी देशको सुशासनको लागि निस्वार्थ काम गर्दैछौं, भ्रष्टाचार नियन्त्रणको लागि हाम्रो अभियानलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साथ दिएको छ, हामी आयोगलाई बिशेष धन्यवाद दिन चाहन्छौं ।'
Ghus
Pakrau
sab oversear



