विदेश

३ सय यात्रु बोकेको जहाजमा पाइलटले अपहरणको संकेत दिएपछि

३ सय यात्रु बोकेको जहाजमा पाइलटले अपहरणको संकेत दिएपछि
असोज ०४ । तीन सयजना यात्रु बोकेर साउदी अरेबियाबाट फिलिपिन्सको राजधानी मनिला जाँदै गरेको साउदी अरेबिया एयरलाइन्सका पाइलटको सानो गल्तीले दुबै देशमा मङ्गलबार तनाव भएको छ । saudi-arab मनिलास्थित अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्नै लागेका बेला पाइलटले जहाजको ’अपहरणको संकेत ’ गल्तीवश थिच्न पुग्दा तनवा भएको हो । पाइलटले आफूहरुको खतरामा रहेको सूचना दिँदै जहाज अपहरणमा परेको संकेत गरेपछि मनिलास्थित विमानस्थल पुरै खाली गराइएको थियो । मनिला विमानस्थलमा आइरहेका अन्य जहाजलाई प्रशासनले आकाशमै होल्ड गरायो भने विमानस्थलका अन्य जहाजलाई पनि अन्यत्र सारियो । स्थानीय टेलिभिजन एबीएस सीबीएनको समाचार अनुसार साउदी अरेबियाको जेद्दाहबाट ३ सय यात्रु लिएर उडेको एसभीए ८७२ नम्बरको जहाज मनिलामा स्थानीय समयअनुसार ३ बजे अवतरण गर्ने तालिका थियो । त्यही बेला पाइलटले यस्तो सूचना दिएपछि क्षणभरमै सञ्चारमाध्यमबाट जहाज अपहरणमा परेको समाचार प्रसारित हुन पुग्यो । तर, जहाज सकुशल मनिला विमानस्थलमा अवतरण गरेपछि भने पाइलटले भुलवश हाइज्याक अल्लार्म थिचेको पुष्टि भयो । एजेन्सी

kidnap Pailot philipins saudi arab

विशेष