राजधानीका विद्यालयमा भएको बम विष्फोटन प्रति नेकपा एमालेको ध्यानाकर्षण

असोज - ४ । नेकपा (एमाले)ले मंगलबार राजधानीका विद्यालयमा भएको बम विस्फोटबारे घोर निन्दा गरेको छ । एमालेका प्रचार विभाग प्रमुख याेगश भट्टराइले प्रेस विज्ञप्ती जारी गर्दै काठमाडाैंका विभिन्न विद्यालय जस्ताे संवेदनशील र शान्ति क्षेत्र घाेषणा गरिएकाे क्षेत्रमा भएकाे विस्फाेटक पदार्थ राख्नु निन्दनिय भएकाे बताएका हुन् ।
उक्त घटनामा संलग्न व्याक्तिलाई कानुनको दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग एमालेले माग गरेकाे छ । साथै पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा भएका सम्झौतामा एक देशीय परराष्ट्र नीति भएको भन्दै ध्यानाकर्षण भएको उक्त विज्ञप्तीमा जनाएको छ ।
nekapa uml
presh begyapti

