राजधानीमा बम अातंक फैलाउने अभियुक्त पक्राउ

असोज ४ । मंगलबार राजधानीमा ११ बटा विद्यालयमा बम भनी शंकास्पद वस्तु राख्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरको छ । घटना भएको केही घण्टामै प्रहरीले जोरपाटीबाट दुई जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा शंकर लाखे र चन्द्रबहादुर तामाङ रहेका छन्। दुवै गत साउनमा पनि पक्राउ परेर छुटेका थिए। साउन ६ गते काठमाडौंको स्वयम्भूस्थित डल्लुमा आडियल मोडेल बोर्डिङ स्कुलको बस जलाएको अभियोगमा उनीहरुलाई प्रहरीले बौद्धबाट प्रक्राउ गरेको थियो।
उनीहरु माओवादी कम्युनिष्ट केन्द्रको भातृ संगठनको कार्यकर्ता समेत रहेको प्रहरीले जानकारी गराएको छ। बम आतंक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालले गराएको अभियुक्तहरुले स्वीकारेका छन्। प्रहरीले पक्राउ गरेको दुईलाई विगो र ५ वर्षको कैद सजायको माग सहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। अदालतमा मुद्दा दायर भएपछि उनीहरुले आगजनी नगरेको भन्दै तीन साता अघिमात्र अदालतबाट तारेखमा छुटेका थिए।
atanka
bomb
pakarau
