कुरा मिल्यो, भ्रष्टाचारबाट अब हामीले मुक्ति पाउँछौंः प्रधानमन्त्री


असोज ५ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउनेबारे कुरा भइसकेको बताएका छन् । लाजिम्पाटस्थित निजी निवासमा बसेको बैठकमा दाहालले यस्तो बताएका हुन् ।
‘अदालतले कार्कीको नियुक्तिबारे फैसला पुनरावलोकन गर्ने भनेपछि उनले हाम्रोतर्फबाट केही सहयोग होला भन्ने अपेक्षा राखेका रहेछन्, म केही नभनी भारत भ्रमणमा निस्किएपछि अदालतको कुरा मिलाइदिएन भन्ने उनको असन्तुष्टी देखियो,’ बैठकमा दाहालको भनाइ उद्धृत गर्दै माओवादी उच्च स्रोतले भन्यो, ‘मैले सबै कुरा प्रष्ट बताइदिएको छु ।
उनले कार्कीले रियलाइज पनि गरेका छन् । अब अख्तियार र पार्टीको कुरा मिलिसक्यो भनेर बुझ्नुहोस् ।’ दाहालले अदालत र अख्तियारको पाटोमा के कुराकानी हुन्छ भन्नेबारे आफूले बिस्तृतमा चासो राख्न नपाएको पनि बैठकमा बताएका थिए । सर्वोच्च अदालतले अख्तियार प्रमुख कार्कीको नियुक्तिको योग्यतासम्बन्धि विषयमा भएको फैसलाको पुनरावलोकन गर्ने निर्णय गरेकै दिन अख्तियारले लडाकु शिविर अनियमितताको छानविन प्रक्रिया अघि बढाउने बताएको थियो ।
कान्तिपुर
lokman singh karki
Puspakamal Dahal