देश News

प्रतिकिलोमिटर ६ रुपैंया भाडादर कायम

प्रतिकिलोमिटर ६ रुपैंया भाडादर कायम

bus

असोज ५ । पाँचथर जिल्लामा सडकको नयाँ भाडादर निर्धारण गरिएको छ । निर्धारण गरिएको भाडादर यातायात व्यवस्था विभागमा सिफारिसका लागि पठाइएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाको संयोजकत्वमा रहेको यातायात व्यवस्था समितिले नयाँ भाडादर कायम गर्न जिल्ला विकास समितिका इन्जिनियर प्रेमबहादुर काफ्लेको संयोजकत्वमा भाडादर निर्धारण समिति गठन गरेको थियो । सो समितिबाट प्राप्त प्रतिवेदनका आधारमा नयाँ भाडादर कायम गरी विभागमा पठाइएको हो ।

भाडादर निर्धारण समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, जिल्ला यान्त्रिक कार्यालयका प्रतिनिधिसहित यातायात व्यवसायी सङ्घका प्रतिनिधिसमेत रहेका थिए । भाडादर निर्धारण समितिको सुझावका आधारमा यातायात व्यवस्था समितिले चार प्रकारको भाडादर निर्धारण गरेको प्रजिअ थापाले बताए ।

सवारी साधनले प्रतिकिलोमिटर रु ६, वर्षायाम बाहेकको समयमा सवारी सञ्चालन हुने माटे सडकमा प्रतिकिलोमिटर रु १२, सदरमुकामबाट कालोपत्रे सडकमा सवारी जिप सञ्चालन गर्दा प्रतिकिलोमिटर रु तीन तथा कालेपत्रे सडकमा भ्यान सञ्चालन गर्दा प्रतिकिलोमिटर रु ५ भाडा निर्धारण गरिएको छ ।

Bus Rate in Panchthar Gadi Vada

विशेष